मनोचिकित्सकसँग प्रधानमन्त्रीले भने- निराशा, दिक्दारी, भय हटाउन सक्रिय हुनुस्

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) मनाेचिकित्सकहरूसँग परामर्श गरेका छन् । मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा काेभिड १९ ले सिर्जित मनाेसामाजिक समस्याकाे सम्बाेधन गर्नेगरी तत्काल याेजना बनाएर अघि बढ्न पनि उनले आग्रह गरेका छन् ।

यस्तै प्रम ओलीले निराशा, दिक्दारी, भय र त्रासमुक्त समाज निर्माण गर्न समेत मनोचिकित्सकहरूको विशेष योगदान हुने उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय र सम्बद्ध सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिए ।

उनले भने, ‘काेभिड- १९ काे प्रभावविरुद्ध व्यापक परामर्श तथा सचेतनता अभियान सञ्चालन गर्न, टेलिभिजन र रेडियाे लगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनाेचिकित्सकहरूले सक्रिय याेगदान गर्नुपर्छ ।’

उक्त छलफलमा प्रा.डा सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्रा.डा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेल लगायतका उपस्थित थिए । उनीहरूले प्रधानमन्त्रीसमक्ष अहिलेको अवस्थामा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =