तेलेगु अभिनेता जयप्रकाश रेड्डीको निधन

काठमाडौं । तेलेगु फिल्मका लोकप्रिय अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । मंगलबार हृदयघातबाट आफ्नै निवासमा उनकाे निधन भएकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

७४ वर्षका रेड्डीले हाँस्यप्रधान तथा खलनायक चरित्रमा भूमिका निभाएका छन् । सन् १९८८ ‘ब्रह्मापुत्र’ फिल्मबाट आफ्नो करियर सुरू गरेका रेड्डीलेकाे समरसिम्हा रेड्डी, प्रेमिनचुकुंदम रा, गब्बर सिंह, चेन्नाकेशवारेड्डी, सीथाया र टेम्पर लगायतका फिल्म् चर्चित छन् ।

थिएटरमा समेत जमेका रेड्डीले सन् २०२० मा रिलिज भएको सुरिलरू निकेवरू फिल्ममा अन्तिम पटक काम गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *