शेयर बजार आज पनि घट्यो

काठमाडौँ । साताको दोश्रो दिन पनि शेयर बजार ओरालो लागेको छ । हिजो पहिलो दिन १०.४५ अंकले बजार घटेको थियो भने आज पनि १२.१७ अंकले घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.८१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १४८७.८१ अंकमा झरेको छ । शेयर बजार ओरालो लाग्दै जाँदा कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ ।

आज ट्रेडिङ, वित्त, अन्य र लघुवित्त समूहमा भने हरियाली छाएको छ, भने बाँकी समूह राताम्मे भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *