‘अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिसकेको छैन’
२०७७ भदौ २२ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको बताएका छन् ।
आइतबार साँझ निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
“कोरोनाविरुद्धको लडाइँ हामी सबैको साझा हो । यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ ।” अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका ओलीको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार सूय थापाले भने, ‘अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिसकेको छैन ।’
अहिलेको परिस्थितिमा नागरिकको जीवन बचाउनु नै प्राथमिक कार्य रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए ।
प्रधानमन्त्री ओलीले हिजो चेम्बर्स अफ कमर्सलगाायतका निजी क्षेत्रका पदाधिकारीहरुसँग छलफल गरेका थिए ।
२०७७ भदौ २२ गते
प्रतिक्रिया








