२९ गतेलाई जुर्यो रातो मच्छिन्द्रनाथ रथ यात्राको साइत

काठमाडौं । पटक पटक स्थगित भएकाे राताे मच्छिन्द्रनाथकाे रथ यात्राकाे शुभ साइत भदाै २९ गतेका लागि जुरेकाे छ ।

साेमबार पाटन मंगलबजारस्थित साेह्रखुट्टे पाटीमा ज्याेतिषहरूबीचकाे छलफलपछि भदाै २९ काे साइत जुराइएकाे हाे । साे दिन बिहान १० बजेर ५ मिनेटदेखि २० मिनेटभित्रकाे शुभसाइतमा मच्छिन्द्रनाथकाे मूर्तिलाई अवतरण गराई बुङ्मती लगिने छ ।

अहिले रथ बाटाेमा अलपत्र परेकाे छ । गएकाे बिहीबार अव्यवस्थित रूपमा रथ तानिएकाे थियाे । त्यस क्रममा झडप भएपछि  बिच बाटाेमै राेकिएकाे रथलाई आइतबार २० मिटरजति तानेर सुरक्षित ठाउँमा राखिएको छ । अब २९ गते तानेर विधि पुरा गरिनेछ । मूर्तिलाई बुङ्मती पुर्‍याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =