रथ तान्ने क्रममा ट्राफिक कुट्ने ६ जनामा काेराेना संक्रमण पुष्टि
२०७७ भदौ २२ गते

ललितपुर । राताे मत्स्येन्द्रनाथको रथयात्राका समय झडपका क्रममा ट्राफिकमाथि कुटपिट गर्ने ६ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
झडपका क्रममा पक्राउ परेकामध्ये ६ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।
पुल्चाेकमा गएकाे बिहीबार रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएकाे थियाे । एक ट्राफिक प्रहरीमाथि स्थानीयले निर्मम रूपमा कुटपिट गरेकाे भिडियाे भाइरल भएपछि यसकाे यसको आलोचना भएको थियो ।
कुटपिटपछि करिब २० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । उनीहरूमध्ये ६ जनामा काेराेना पुष्टि भएकाे हाे ।
आजै उनीहरुको रिहाइको माग गर्दै स्थानीयले ललितपुरको सिडियो कार्यालय घेराउ गरेका थिए ।
२०७७ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित









