निषेधाज्ञामा नै व्यवसायीलाई करचुक्ता गर्न निर्देशन, निजी क्षेत्रको आपत्ति

काठमाडौं । लकडाउनपछि निषेधाज्ञा खेप्दै आएका उद्योगी व्यवसायीलाई भदौ २५ गतेभित्र कर चुक्ता गर्न सरकारले निर्देशन दिएको छ । निषेधाज्ञा कै समयमा सरकारले कर तिर्ने म्याद थप नगरेपछि व्यवसायीहरु रुष्ट भएका छन् ।

आन्तरिक राजश्व कार्यलयले नियमानुसार भदौ २५ गतेभित्र सबैले कर बुझाउन निर्देशन दिएको हो । कर तिर्ने अन्तिम मिति २५ गतेभित्र कुनै निर्णय नभएको अवस्थामा कर चुक्ता नगरे जरिवाना लाग्ने बताउँदै यसमा विभागले केही गर्न नसक्ने बताए ।

व्यवसायीहरुले भने भाद्र २५ गते भित्र राजश्व दाखिला नगरे जरिवाना लगाउने विभागको तयारीप्रति आपत्ति जनाएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ काठमाडौंले विज्ञप्ति निकाल्दै काठमाडौंसहित अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको अवस्थामा भदौ २५ गते कर दाखिला गर भन्नु असान्दर्भिक र अव्यवहारीक रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *