‘कोरोनाबाट ज्यान गुमाएकाको अंग निकालिन्छ’ भन्ने व्यक्ति पक्राउ

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट ज्यान गुमाएकाहरूकाे अंग निकालिन्छ भन्दै अफवाह फैलाउने एक जना पक्राउ परेका छन् । डाक्टरले कोरोना संक्रमित मृतकको अंग निकाल्छन् भन्ने सुवास लिम्बुलाई प्रहरीले सोमबार बिहान ललितपुरको ढोलाहिटीबाट  नियन्त्रणमा लिएकाे हाे ।

उनले हालै विभिन्न युट्यूब च्यानलहरुमा कोभिड–१९ बाट मृत्यु भएको व्यक्तिको शव नदेखाइनु र पोष्टमार्टम नहुनुको कारण अंग निकालिनु नै रहेको आरोप लगाएका थिए । उनीविरुद्ध अफवाह फैलाएको अभियोगमा कारवाही प्रक्रिया अघि बढाइने महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =