चितवनमा थप ३३ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आइतबार गरिएको परिक्षणमा चितवनका ३३ सहित ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुरमा सबै भन्दा धेरै संक्रमित रहेका छन । भरतपुरको विभिन्न वडाका २१ जना, कालिका नगरपालिकाका ९ जना, रत्ननगर नगरपालिकाका २ जना र खैरहनी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । संक्रमित हुनेहरुमा ४ वर्षीय बालक देखि ६८ वर्ष उमेर समूहका छन् ।

कालिका, रत्ननगर र खैरहनीका संक्रमितहरु क्वारेन्टाइनका हुन् । यस्तै जिल्ला बाहिरका १० जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सबैको स्वाब क्यान्सर अस्पताल भरतपुरबाट संकलन गरिएको थियो । आइतबार ४०५ वटा नमुना परिक्षण गरिएकोमा ३६२ जनाको भने रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =