आज भाद्र २२ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल भाद्र २२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–पंचमी,३१ घडी ४५ पला,बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–भरुणी,अहोरात्र । योग– ध्रुव,२६ घडी २२ पला,बेलुकी ०४ बजेर १८ मिनेट उप्रान्त व्याघात । करण–तैतिल,बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त गर । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३१ घडी १५ पला । पञ्चमी श्राद्ध। निजामती सेवा दिवस।

आजको बार बेला ।
बिहान ५ बजेर ४६ मिनेटसम्म अमृत बेला ।
बिहान ५ बजेर ४७ मिनेटदेखी बिहान ७ बजेर १९ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर २० मिनेटदेखी बिहान ८ बजेर ५३ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ५४ मिनेटदेखी बिहान १० बजेर २७ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर २८ मिनेटदेखी मध्यान्ह १२ बजेर ०१ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह १२ बजेर ०२ मिनेटदेखी दिउसो १ बजेर ३५ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ३६ मिनेटदेखी दिउसो ३ बजेर ०८ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ०९ मिनेटदेखी साझ ४ बजेर ४२ मिनेटसम्म अमृत बेला ।
साझ ४ बजेर ४३ मिनेटदेखी बेलुकी ७ बजेर ४२ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०७ बजेर १९ मिनेटदेखी बिहान ०८ बजेर ५३ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा सहयोगिको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ । आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु ब्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानि हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रशङगमा दिन कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने यात्राको सम्भावना रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आर्थिक रुपमा सवल हुनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुने योग रहेकोछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्त हरुसँगको सम्बन्धमा प्रगाडता थपिनेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरि आर्थिक रुपमा सवल हुन सकिनेछ । । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेमम रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म तथा सस्कृतिको बचाउमा समय खर्चनु पर्ने हुन सक्छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुने योग रहेकोछ । सामाजिक काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना थाति रहेका कामहरु समयमा नै सकाएर आर्थिक अवस्था मजभुत बनाउन सकिनेछ । आफन्त तथा दिदि बहिनीको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । भौतिक बस्तुको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने योग रहेकोछ । बोलिकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ भने गरेका काम सफल हुनेछन् । सामाजिक काम गरि सम्मान र साख आर्जन गर्न सकिनेछ । कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय रहेकोछ । पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । भौतिक सम्पती तथा विलाशी बस्तुको हात लागि हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । निर्माण सामाग्री तथा उत्पादनमुखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ । बौद्धिक चिन्तन तथा विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रतियोगिता तथा प्रतिस्पधामा विजयको योग रहेकोछ । छोराछोरीको पढाइ तथा स्वास्थ्य प्रति जिम्मेवारी बोध हुनेछ । नसोचेको ठाँउबाट धन आगमनको योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर जग्गा तथा सवारि साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय खर्चिनेहरुले पनि राम्रो रुपैया पैसा कमाउँन सक्नेछन् । अध्ययन तथा अध्यापनमामा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । आमा वा आमा सरहका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन रहनेछ भने समाजसेवामा जनताको भनेजस्तो सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिग्रन लागेको काम थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आफन्त तथा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कडा मेहनेत तथा सुझबुझका साथ काम गर्नाले समाजामा नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । तरपनि छाटो दुरिको यात्रा हुनेछ तर कष्टकर नहोला भन्न सकिन्न ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च मुल्याङन हुनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवन साथिको सहयोगले मन प्रफल्लित हुनेछ । अध्यनमा प्रगति हुने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *