चितवनका थप १९ जनामा कोरोना पुष्टि

चितवन । चितवनमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १९ र अन्य जिल्लाका ११ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ११ जना रहेका छन् । जसमा ७ वर्षीय बालकदेखि ७२ वर्षीया महिलासम्म रहेका छन् । यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिकाका ६ जना र खैरहनी नगरपालिकाका २ जना रहेका छन् ।

यसैगरि मकवानपुरका ८ जना, तनहुँका २ जना र नवलपरासी पूर्वका एक जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *