अबदेखि सेप्टेम्बर ८ मा राष्ट्रिय शिक्षा दिवस मनाइँदैन : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस सेप्टेम्बर ८ मा नमनाइने बताएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवस सेप्टेम्बर ८ मा मनाइँदै आएको शिक्षा दिवसलाई छुट्टै मिति तय गरी मनाइने मन्त्रालयले जानकारी दिएको छ ।

यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसलाई अलग्गै दिन मनाउन प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सेप्टेम्बर ८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय साक्षरता सम्बन्धी कार्यक्रम मात्रै सञ्चालन हुने बताएको छ ।

‘विगतका वर्षहरुमा सेप्टेम्बर ८ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसलाई अलग्गै दिन मनाउनका लागि प्रक्रिया अघि बढाइएको हुँदा २०७७ भाद्र २३ गते ८ सेप्टेम्बर २०२०का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस सम्बन्धी कार्यक्रममा मात्रै सञ्चालन हुने र राष्ट्रिय शिक्षा दिवस मनाउने दिन तथा कार्यक्रम तय भएपश्चात जानकारी गराइने छ ’ विज्ञप्तिमा भनिएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस भाद्र २३ गते मनाईँदै छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *