वीर अस्पताललाई कोभिड–१९ अस्पताल तोकियो

काठमाडौं । सरकारले वीर अस्पताललाई कोभिड १९ अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन केन्द्रको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीर अस्पतालबाट हुने उपचार सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन हुने जानकारी दिए ।

‘अब वीर अस्पताल कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय भएको छ’, प्रवक्ता गौतमले भने, ‘त्यहाँ भइरहेका नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गरिने छ ।’

त्यस्तै उनले स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वयसेवकको रुपमा खटाउने निर्णय भएको जानकारी दिए ।

उनले विभिन्न शिक्षण संस्थामा अध्ययनरत, अनमी, स्टाफ नर्सलगायतका विद्यार्थीलाई आवश्यकता अनुसार सम्झौता गरी कोरोना नियन्त्रण तथा रोकथामका लागि खटाउन सक्ने बताए ।

त्यस्तै मन्त्रालयले सरकारी प्रयोगशालाहरूले आफ्नो परीक्षण क्षमताको ५० प्रतिशतलाई शुल्क लिएर परीक्षण गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *