काठमाडौं मेडिकल कलेजमा अब रु. २४९९ मै कोरोनाको परीक्षण गर्न पाइने (भिडियाे सहित)

काठमाडौं । राजधानी स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले रु. २४९९ मै कोरोना परीक्षण पिसिआर गर्ने घोषणा गरेको छ । मुलुकमा कोरोना संक्रमणको दर बढेसँगै केएमसीले संस्थागत रुपमा आउनेलाई रु. २४९९ रुपैंयामै पिसिआर परीक्षण गर्ने घोषणा गरेको हो ।

यसबाट बैंक वित्तीय संस्था, ठूला व्यापारीक घरानाहरुले लाभ लिन सक्नेछन् भने केएमसीले आम सर्वसाधारणलाई पनि रु २५९९ रुपैंयामा कोरोना परीक्षण गराउने घोषणा गरेको छ । केएमसीका अध्यक्ष डा. सुनिल शर्माले सरकारले रु. ४४०० रुपैंयामा कोरोना परीक्षण गराउन भनेपनि सरकारलाई कोरोना भाइरससँग लड्न सहयोग पुर्याउन रु. २४९९ रुपैंयामै पिसिआरको सुविधा उपलब्ध गराएको बताए ।

केएमसीले निजी स्वास्थ्य संस्थाहरुमा कम शुल्कमा कोरोना परीक्षण गर्ने घोषणा गरेको हो । राजधानीमा केही दिन यता कोरोना संक्रमतिहरुको संख्या बढ्दो छ । कोरोना संक्रमण समुदाय स्तरमै पुगेको अनुमान गरिएको छ । राज्यको श्रोतसाधनले पिसिआर परीक्षणको दायरा बढाउन नसकेको अवस्थामा निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था केएमसीले सर्वसाधारणलाई पिसिआर गराउन सक्ने गरी शुल्क घटाएको हो ।

डा. सुनिल शर्मा, अध्यक्ष, काठमाडाैं मेडिकल कलेज ।

केएमसीका अध्यक्ष डा. शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत पिसिआरको परीक्षण शुल्क घटाइएको हो । ‘हामी नेपाल सरकारलाई र आम जनतालाई कोरोना संक्रमण नियन्त्रण र रोकथाममा सहयोग गर्न चाहन्छौं । महामारीको बेला सरकारी र निजीक्षेत्र नभनौं ।’ डा. शर्माले भने ।

आम सर्वसाधारणले केएमसीको सिनामंगल र भक्तपुरको दुवाकोट स्थित हस्पिटलबाटै कोरोना परीक्षण गराउन सक्छन् ।
राजधानीका निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा पिसिआर रिपोर्ट पाउन समय लाग्नेमा केएमसीले सोहि दिन रिपोर्ट दिने भनेको छ ।

दुवाकोटमा केएमसीले कोरोना विरामीकै लागि भनेर छुट्टै अस्पताल सञ्चालन गरेको छ भने, सिनामंगलमा कोरोना संक्रमितको लागि भनेर छुट्टै स्थानमा वेडहरु व्यवस्थापन गरीएको छ ।

काठमाडौं मेडिकल कलेज नयाँ ब्यवस्थापनमा सञ्चालनमा आएसँगै स्वास्थ्य सेवामा उल्लेख्य सुधारका कार्यक्रम आएको छ । नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माको आगमनसँगै केएमसीले ओपिडी निःशुल्क गरेको छ भने, हिजो मात्रै राजधानीका विभिन्न अस्पताल धाउँदा पनि उपचार पाउन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको सफल डेलिभरी समेत गराएको छ ।

हेर्नुहाेस भिडियाे रिपाेर्ट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *