थानकोटमा पल्टियो डिजेल बोकेको ट्याङ्कर, चालक सकुशल
२०७७ भदौ २१ गते

काठमाडाैं । काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका-३ थानकाेटमा डिजेल बाेकेकाे ट्यांकर दुर्घटना भएकाे छ ।
रक्साैलबाट थानकाेट डिपाेमा आउँदै गरेकाे ना७ख ७३९ नम्बरको ट्याङ्कर आज (आइतबार) बिहान करिब ९ बजेतिर पल्टिएकाे हाे । अनियन्त्रित भइ ट्यांकर ट्यांकर पल्टिँदा चार हजार लिटर डिजेल पोखिएको छ ।
दुर्घटनामा मानविय क्षति भने नभएकाे नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएकाे छ । चालक सुरेश विक पनि सकुशल छन् ।

२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








