निषेधाज्ञाकाे अवज्ञा गर्दै दोलखामा राप्रपाको प्रदर्शन

दोलखा । निषेधाज्ञाको वावजुद राप्रपाका केन्द्रीय सदस्य प्रविणकुमार थोकरको रिहाइको लागि राप्रपा दोलखाद्वारा विरोध प्रदर्शन गरेका छन् ।

आज राप्रपा दोलखाका अध्यक्ष नवराज श्रेष्ठको नेतृत्वमा जिल्ला समन्वय समिति र प्रशासन कार्यालय घेराउ गर्दै राप्रपा दोलखाका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन ।

मेलुङ गाउँपालिकको भेडपुमा खानेपानी सम्वन्धि विवादमा गाविस अध्यक्ष नरवहादुर श्रेष्ठले अपशब्द प्रयोग गरि शान्तिपूर्ण विरोध गर्न पाउने जनताको नैसर्गिक अधिकार लाई कुण्ठित गर्दै सत्ताको वलमा प्रहरी प्रशासन लगाई राप्रपा युवा नेता थोकर लगायत पाँच युवालाई नियन्त्रणमा लिएको विरोधमा राप्रपा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

 स्थानीय सत्ता र कम्युनिस्ट सर्वसत्तावादको विरूद्ध आफ्नो अधिकार रक्षाको लागि राप्रपा दोलखाले निरन्तर आवाज उठाउँदै आएको बताइएको छ ।

पक्राउ परेका राप्रपा नेता कार्यकर्ताको रिहाईको लागि राप्रपा अध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी र दोलखावाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य विजय खड्काले माग गरेका छन् । विरोध कार्यक्रममा भिमेश्वर नगर अध्यक्ष विष्णु श्रेष्ठ लगायतका नेता कार्यकर्ताको उपस्थिति थियो ।

पक्राउ परेका राप्रपा नेता कार्यकर्ता रिहाइ नगरे अझ सशक्त विरोध कार्यक्रम गरिने राप्रपा केन्द्रीय सदस्य विजय खडकाले बताए । हिजो नेपाली कांग्रेसको भातृ संगठन दोलखा तरूण दलले पनि कम्युनिस्ट सर्वसत्तावादको विरूद्ध विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *