लिदी पहिरो पिडितलाई फाउण्डेशनको सहयोग

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका लिदी पहिरो पीडितलाई लत्ताकपडा र औषधि वितरण गरिएको छ ।

वीर बहादुर तामाङ मेमोरियल फाउन्डेशनका अध्यक्ष नवराज तामाङको आर्थिक सहयोगमा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट महिला संगठनका केन्द्रीय महासचिव कुमारी तामाङको पहलमा लिदी पहिरो पीडितलाई लत्ताकपडा सहित बिबिध सामग्री सहयोग गरिएको हो ।

लिदी पहिरोबाट बिस्थापित भएर जुगल गाँउपालिकाको वडा नं. १ सेलाङको बासखर्कमा टहरोमा रहेका बिस्थापितलाई नै भेटेर सामग्री सहयोग गरिएको राप्रपा महिला संगठनकी केन्द्रीय महासचिव कुमारी तामाङले बताइन् ।

राहतका नाममा बिबिध सामाग्री सहयोग गरेपनि अति आवश्यक सामाग्रीको अभाव रहिरहेको हुँदा संस्थासँग समन्वय गरेर लत्ताकपडा सहित,स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

पहिरोले धनजन दुवै गुमाएर बाँसखर्कमा आएर टेन्टमा बसिरहेका स्थानियहरुलाई संस्थाले एकसरो लत्ताकपडा वितरण गर्दा पिडितहरुले खुसी व्यक्त गरेका छन् ।

उक्त राहत सामग्रीमा २५० थान लत्ताकपडा, ५० सेट म्याट, १५ सय मास्क, १० लि. सेनिटाइजर, १ सेट स्टेचर सहित प्रथामिक उपचारका १०० थरीका औषधी प्रदान गरिएको सहयोगि संस्था वीर बहादुर तामाङ मेमोरियल फाउन्डेशनका अध्यक्ष नवराज तामाङले बताएका छन् ।

सरकारले लिदी पहिराे पिडितलाई अहिलेसम्म खासै राहत उपलब्ध गराउन नसकेकाे अवस्थामा सामाजिक संघ संस्था तथा सामाजिक व्यक्तित्वहरूले गच्छे अनुसार राहत पुर्रयाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *