चन्द्रागिरिमा छोराले गरे बाबुआमामाथि खुकुरी प्रहार

काठमाडौं । चन्द्रागिरि नगरपालिका -१ झ्याङ्गाझिटीमा छोराले आफ्नै बाबुआमामाथि खुकुरी प्रहार गरेका छन् ।

शनिबार राति घरायसी विवाद हुदाँ ३२ वर्षीय श्री तामाङले ८ वर्षीया आमा विष्णु तामाङ र ५३ वर्षीय बुबा श्याम कुमार तामाङमाथि खुकुरी प्रहार गरेका हुन् । महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक खेमराज रावतका अनुसार घाइते विष्णु र श्याम कुमारलाई उपचारको लागि अस्पताल लगेको छ ।

महानगरी प्रहरी बृत्त स्वयम्भू अन्तर्गत प्रहरी चोकी बिन्दावासिनी महानगरी प्रहरी प्रभाग बलम्वुले खकुरी प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिइसकेको छ । उनीहरुको काँध भन्दा अलिमाथि चोट लागेको प्रहरी निरीक्षक रावतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *