विश्वभर १ करोड ८९ लाख कोरोना संक्रमित निको भए, ८ लाख ८० हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण भई निको हुनेको संख्या विश्वभर १ करोड ८९ लाख पुगेको छ । कोरोना संक्रमणबाट हालसम्म कूल २ करोड ६८ लाख ५४ हजार ६२३ जना संक्रमित भएकामा १ करोड ८९ लाख भन्दा बढी निको भइसकेका छन् ।

विश्वभर ६९ लाख ९६ हजार भन्दबढी कोरोना संक्रमितहरु उपचाररत रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमध्ये ६० हजार ९ सय १९ केसको अवस्था गम्भीर रहेको र ६९ लाख ३६ हजार भन्दा बढीको अवस्था समान्य रहेको डब्लुएचओले जनाएको छ ।

अमेरिकामा ३६ लाख ३६ हजार कोरोना संक्रमित निको भइसकेका छन् । भने २५ लाख ६१ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १५ हजार संक्रमितको अवस्था गम्भीर रहेको र अन्यको अवस्था समान्य रहेको जनाइएको छ । अमेरिकामा हालसम्म कूल ६३ लाख ९० हजार भन्दा बढी संक्रमित भएका छन् । १ लाख ९२ हजारबढीले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यस्तै, दोस्रो बढी संक्रमित मुलूक ब्राजिलमा ३२ लाख ७८ हजार भन्दा बढी कोरोना मुक्त भइसकेका छन् । ब्राजिलमा हालसम्म ४० लाख ९१ हजारबढी संक्रमित भएकामा १ लाख २५ हजारले ज्यान गुमाइसकेको छ । जसमध्ये ६ लाख ८७ हजार उपचाररत रहेकोमा ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

यसैगरी भारतमा ३१ लाख २४ हजारबढीले कोरोना जितेका छन् । हालसम्म भारतमा कूल ४० लाख ४७ हजारबढी संक्रमितको संख्या पुगेको छ । जसमध्ये ८ लाख ५२ हजार उपचाररत रहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको भारतको स्वास्थ्य मत्रालयले जनाएको छ । कोरोना संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या ६९ हजार ९ सय २० पुगेको छ ।

यसैगरी रसियमा १७ हजार, पेरुमा २९ हजार, कोलम्बियामा २० हजार, साउथ अफ्रिकामा १४ हजार, मेक्सिकोमा ६६ हजार, स्पेनमा २९ हजार, अर्जेन्टिनामा ९ हजार, चिलीमा ११ हजार, इरानमा २२ हजार कोरोना संक्रमित निको भइसकेका छन् । बेलायतमा ४१ हजार ५ सय ३७ जना हालसम्म कोरोना मुक्त भइसकेका छन् । भने बेलायतमा कूल संक्रकितको संख्या ३ लाख ४२ हजार भन्दा बढी रहेको छ । तुलनात्मक रुपमा कोरोना संक्रमित सबै मुलूकहरुमा निको हुनेको संख्या मृत्यु हुनेको भन्दा बढी नै रहेको छ ।

यसैगरी नेपालमा २७ हजार १२७ जनाले कोरोना जितेका छन् ।

डिसेम्बर अन्तिममा चिनको वुहानबाट फैलिन सुरु भएको कोरोना भाइरसले अहिले विश्वका २१३ देशमा महारीको रुप लिएको छ । चीनमा भने अहिले संक्रमण शून्य भइसकेको छ । चीनले समयमै संक्रमण रोकथामका लागि हरसम्भव प्रयत्न गरेर अहिले कोरोनाबाट मुक्ति पाइसकेको छ । अन्यदेशमा भने अझै अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भाइरस रोकथामका लागि भ्याक्सिनको पनि परीक्षण सफल भइरहेका छन् । रुसले विश्वमै पहिलो कोभिड १९ भ्याक्सिनको सफल परीक्षण गरिसकेको छ । विज्ञहरु अनुसन्धनमै छन् । तर भाइरसको संक्रमण दर भने तीव्ररुपमा फैलिरहेको छ ।

विज्ञहरुका अनुसार यो भाइरस महामारी नै भएकोले यसबारे सबै सजग र सचेत रहन भनिएको छ । संक्रमण फैलिनबाट रोक्नका लागि सामाजिक दुरी कायम गर्नुका साथै मास्कको प्रयोग गर्न पनि विश्वस्वास्थ्य संगठनले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =