‘झुटो मुद्धा फिर्ता लिएर कार्यकर्ता रिहा गर्न राप्रपा अध्यक्ष डा. लोहनीको माग’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पक्राउ गरिएका कार्यकर्ता रिहाइको माग गरेका छन् । अध्यक्ष डा. लोहनीले दोलखाको मैलुङ गाउँपालिकामा भ्रष्टाचार र वेथितिविरुद्ध शान्तिपूर्ण धर्ना गर्दा झुटो मुद्धा लगाएर पक्राउ गरिएका कार्यकर्ता रिहा गर्न माग गरेका हुन् ।
पक्राउ गरि मुद्धा चलाइएका राप्रपा केन्द्रीय सदस्य प्रविण थोकर लगायतलाईलाई शक्तिको आडमा मुद्धा चलाएको उनको आरोप छ । सञ्जालमार्फत डा. लोहनीले शान्तिपूर्ण धर्नालाई अतिरंजित गरिएको र मुद्धा चलाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए ।
अध्यक्ष डा. लोहनीले भनेका छन्- ‘दोलखा जिल्लाको मैलुङ गाउँपालिकामा भएको भ्रष्टाचार र वेथितिको विरुद्धमा राप्रपाको केन्द्रीय सदस्य प्रविण थोकरको नेतृत्वमा असार २३ गते नै पालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाइएको र सो को कार्यान्वयन नभएको सन्दर्भमा भाद्र १८ गते पुनः ध्यानाकर्षण को लागि शान्तिपूर्ण तवरले गरिएको धर्ना कार्यक्रममा गापा अध्यक्षले शक्तिको आडमा प्रहरी परिचालन गरि जवरजस्ती धर्नाकारीलाइ पक्राउ गरि, राजनैतिक विषयलाई अतिरंजित गराइ थुनुवा थोकर जी मुद्दा चलाइएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘भ्रष्टाचार विरोधी कार्यक्रममा सक्रियताका साथ सहभागी हुने राप्रपाको घोषित कार्यक्रम नै हो, म पक्राउ परेका साथीहरुको अविलम्ब मुद्दा फिर्ता लिएर स-सम्मान रिहाइको निमित्त माननीय गृहमन्त्री समक्ष माग गर्दै दोलखा प्रशासनको ध्यानाकर्षण गराउँदछु ।’ उनले अगाडि भनेका छन् ।
https://www.facebook.com/DrPrakashLohani/photos/pcb.3042891632500379/3042891225833753/?type=3&theater








