अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थ तथा सञ्चामन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार (आज) साँझ राजीनामा बुझाएका हुन् ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

यस्तै उनले आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार देखिएको बताउँदै खुसी व्यक्त गरे । यसअवधिमा खर्च प्रणाली र लेखा प्रणालीमा समेत उल्लेख्य सुधार भएको प्रतिक्रिया अर्थमन्त्रीले दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =