चितवनमा निषेधाज्ञाको स्वरुप परिवर्तन, ३१ सम्म आदेश जारी
२०७७ भदौ १९ गते

चितवन । चितवनमा निषेधाज्ञा खुकुलो पारिएको छ । राती १२ बजेदेखि लागू हुने गरि भदौ ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा खुकुलो बनाउँदै आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार राती १२ बजेदेखि निषेधाज्ञाको समय सकिँदै छ । निषेधाज्ञा थप गरिएपनि दोस्रो पटक थप गरिएको भन्दा केही परिवर्तन गरिएको हाे । पसलहरु बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । तर सवारीसाधन सञ्चालन गर्न भने निषेध गरिएको छ । सर्वसाधारणहरु नजिकको बजार पैदल जानुपर्ने भएको छ ।
सरकारी कार्यालयका नियमित काम पनि सुचारु गर्न प्रशासनले जारी गरेको सुचनामा उल्लेख छ । बैंक तथा वित्तिय संस्थामा आवश्यक स्वास्थ्य सुरक्षा अपनाइ ५० प्रतिशत कर्मचारीले सेवा सञ्चालन गर्नुपर्ने छ ।

२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








