अनामनगर बस्दै आएकी खड्काकाे हत्या अभियाेगमा श्रीमान् पक्राउ

काठमाडौं । काठमाडाैंमा श्रीमतीकाे हत्या अभियाेगमा एक जना पक्राउ परेका छन् ।

 

काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय बिक पक्राउ परेका हुन् । उनले छुरा प्रहार गरी आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काकाे हत्या गरेकाे प्रहरीकाे आराेप छ ।

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =