बिहीबार मृत्यु भएका एक भारतीयमा काेराेना संक्रमण पुष्टि
२०७७ भदौ १९ गते

सांकेतिक तस्वीर। मकालु खबर।
जनकपुर । बिहीबार मृत्युु भएका एक भारतीय नागरिकमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको थियाे ।
तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । शुक्रबार रिपाेर्ट पाेजेटिभ आएकाे हो । नेपाली सेनाको टोलीले बिहीबार नै उनकाे शव व्यवस्थापन गरिसकेको छ ।
याेसँगै धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित









