सखुवाको रुख कटान काण्डः रुख काट्न धरानका मेयर तिलक राईले स्करपियोमा हालेर मान्छे लगेका थिए !

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईकै निर्देशनमा सखुवाको रुख काटिएको सन्दर्भमा सामुदायिक वनले रुख काट्नेहरुको किटानी दिएको छ ।

धरान २ स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समितिको वनबाट गत शनिबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईकै निर्देशन र उपस्थितिमा ठाडो रुख काट्नेहरुलाई आवश्यक कारवाहीको माग गर्दै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान तामाङले हिजो (बिहिबार) इलाका सब वन डिभिजन कार्यालय विष्णुपादुकामा अपराधको सूचना पत्र पेश गरेका छन् ।

यस अघि भदौ १६ गते समितिलाई वन कर्यालयले सखुवाको रुख को, कसले, को कसको आदेश, आधार, कुन प्रयोजनको लागि काटिएको हो ? वनको स्विकृत विधान तथा कार्ययोजना बमोजिम के कुन कारवाही भएको हो, मेयर तिलक राईको संलग्नता रहेको नरहेको तीन दिन भित्र समितिलाई पेश गर्न भनेको थियो ।

सामुदायिक वनले सोहि पत्रको आधारमा रुख काट्ने चार जनाको नाम ठेगाना र मेयर तिलक राईले प्रयोग गरेको सवारीसाधन समेत उल्लेख गर्दै इलाका सब वन डिभिजन कार्यलयलाई अपराधको सुचना पत्र पेश गरेको वन समितिका अध्यक्ष बुद्धिमान तामाङले बताए ।

मेयर तिलक राईको सहभागिता तथा निर्देशनमा गत भदौ १३ गते शनिबार दिउसो १ बजे भालढुंगा सामुदायिक वन उपभोक्ता समुह अन्तरगत ब्लक नं. ३ ढुंगेपानी सिरान भन्ने ठाउँमा सालको रुख विद्युतिय आरा प्रयोग गरी काटी ढाली १२ थान गोलिया बनाई निकासी गर्ने तयारी गरेको आरोप छ ।

समितिका अनुसार गत शनिबार मेयर तिलक राईको निर्देशनमा अनाधिकृत रुपमा सखुवाको रुख काट्नेहरुमा धरान वडा नं. ८ बस्ने अन्दाजी वर्ष ३५ को शेरबहादुर तामाङ, धरान १९ बस्ने अन्दाजी वर्ष ४० को गजेन्द्र लिम्बु, सोहि वडा बस्ने अन्दाजी वर्ष ४१ को रामबहादुर तामाङ र सोहि वडा बस्ने अर्का व्यक्ति वर्ष ४५ का राम प्रसाद मगर रहेको बताइएको छ ।

उल्लेखित व्यक्तिहरु र मेयर तिलक राईको सहभागिता तथा निर्देशनमा गत भदौ १३ गते शनिबार दिउसो १ बजे भालढुंगा सामुदायिक वन उपभोक्ता समुह अन्तरगत ब्लक नं. ३ ढुंगेपानी सिरान भन्ने ठाउँमा सालको रुख विद्युतिय आरा प्रयोग गरी काटी ढाली १२ थान गोलिया बनाई निकासी गर्ने तयारी गरेको आरोप छ ।

त्यसपछि घटनामा मेयर तिलक राईको समेत संलग्नता भएको सन्दर्भमा इलाका सब डिभिजन वन कार्यालय विष्णुपादुकाले समेत स्थलगत अध्ययन अनुसन्धान गर्दासमेत स्थानीय र प्रत्यक्षदर्शीहरुको भनाईमा मेयर तिलक राईकै संलग्नता रहेको ठहर भएको र भदौ १३ गते नै मेयर तिलक राईले वन समिति र स्थानीयहरुकै अगाडी घटना भएको स्विकार गरेको अडियो समेत भएकोले अनुसन्धान र कारवाहीको माग गरीएको छ ।

समितिका अनुसार उक्त दिन मेयर तिलक राईले माथि उल्लेखित व्यक्तिहरुलाई को १ ज ६४० नम्बरको स्करपियो गाडीमा राखेर लगेको बताइएको छ । उक्त कुरा रुख काट्न संलग्न व्यक्तिहरुले समेत स्विकार गरेको र उनीहरुले आफुहरु ज्याला मजदुरी गर्न मात्र गएको बयान दिएको समेत भनिएको छ ।

वन समुहका अध्यक्ष बुद्धिमान तामाङले वन ऐन २०७६ र प्रचलित कानुन प्रतिकुल अपराध भएकोले उल्लेखित अभियुक्तहरुलाई पक्राउ गरी अपराधमा संलग्न रहेकाहरुको नामेसी खुलाई सबैलाई पक्राउ गरी कानुन बमोजिम कारवाहीको माग गरेका छन् ।

यता धरान उपमहानगरपालिकाका मेयर तिलक राईले रुख काट्न आफ्नो कुनै संलग्नता नहरेको जिकिर गर्दै आइरहेका छन् । यद्यपि, भदौ १३ गते शनिबार रुख काटिसकेपछि हल्लाखल्ला हुँदा सामुदायिक वन समुहका पदाधिकारी र स्थानीयहरुसँग आफुबाट गल्ती भएको भन्ने प्रकारको अडियो सार्वजनिक भएको थियो ।

वन समुहका अध्यक्षले मेयर राईले घर बनाउन काठ चाहियो भनेर आफ्नी आमाको नाममा काठ माग गरेको र माग वमोजिम ढलापलाबाट काठ उपलब्ध गराउने सल्लाह हुँदाहुँदै उनले अनाधिकृत रुपमा सखुवाको रुख काटेको जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *