कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी बितरण

चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले कोरोना भाइरस संक्रमितहरुलाई औसधि वितरण गरेको छ । स्वास्थ्य केन्द्रले रत्ननगर स्थित मैदा मिलका कोरोना संक्रमितहरुलाई संक्रमण हुन अपनाउनु पर्ने उपायका बारे जानकारी गराउदै आयुर्वेदिक औषधि बितरण गरेको हो ।

मैदा मिलको आईसोलेसनमा ५१ जना कोरोना संक्रमित छन । उनिहरुलाई जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक डाक्टर देवेन्द्रकुमार यादवले संक्रमण मुक्त हुन अपनाउनुपर्ने उपायहरु योग एवं आयुर्बेदिक औषधीहरु तथा साबधानीहरु बारे बताउँदै गूडुचीचुर्ण, जेष्ठवसादी, मुलेठीचुर्ण, सितोपलादी, त्रिकटु एवं अश्वगन्धा चुर्ण लगायतका औषधी बितरण गरेका हुन ।

रत्ननगर ४ का वडा अध्यक्ष रबिन्द्र कुमार चौधरी मार्फत बिरामीलाई १४ दिन सम्म आवश्यक औषधी हस्तान्तरण गरिएको स्वास्थ्य केन्द्र प्रमुख डाक्टर कोपिला अधिकारीले जानकारी दिइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =