वामदेवलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय

काठमाडाैं ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । बिहीबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालयले बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि गत १४ फागुनमा बसेको सचिवालयले बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । त्यसपछि युवराज खतिवडालाई नै पुनः दोहोर्याउने मनस्थिति बनाएका प्रधानमन्त्री ओलीले आफूविरुद्ध मोर्चाबन्दी बनाएको आरोप लगाउँदै युवराजलाई नै दोहोर्याएका थिए । हाल दुई वटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका खतिवडाको कार्यावधि २० भदौमा सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =