चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु
२०७७ भदौ १८ गते

प्रतिकात्मक तस्विर
चितवन । चितवनमा बिहीबार आज थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको दिउँसो २:२० मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
मृतक पुरुष मिर्गौलाको रोगबाट ग्रसित थिए । भदौ ९ गते अस्पतालमा भर्ना भएका उनको भदौं १० गते कोरोना पुष्टि भएको हो । उनको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो । यसअघि गएराति १२:२३ बजे भरतपुर–११ की ४० वर्षीया कोरोना संक्रमितको सोही अस्पतालमा मृत्यु भएको थियो ।
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित









