शेयर बजारमा साढे २ अर्ब बढीको कारोबार

काठमाडौं । आज शेयर बजारमा साढे २ अर्ब माथिको कारोबार भएको छ । कूल एक सय ८६ कम्पनीको ९३ लाख २ हजार ९ सय ७० कित्ता सेयर किनबेच भएको हो ।

बुधबारको तुलनामा बिहीबारको कोरोबार रकम र नेप्से परिसूचक दुबैमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ०.१५ प्रतिशतले घटेर १५ सय १० अंकमा झरेको छ ।

सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *