नेकपा सचिवालय बैठक सुरु, प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बालुवाटारमा ३ बजेपछि बैठक सुरु भएको हो ।

यसअघि बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो । बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ ।

राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा कसलाई लैजाने भनेर समेत निर्णय हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =