हलिउड अभिनेता द रकसहित परिवारै काेराेना संक्रमित
२०७७ भदौ १८ गते

एजेन्सी । हलिउड अभिनेता तथा पूर्वव्यावसायिक कुस्तीवाज ड्वेन जोनसन (द रक) सहित परिवारैमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।
बुधबार इन्स्टाग्राममा ११ मिनेटभन्दा लामाे भिडिओ पाेष्ट गर्दै उनले आफूसहित परिवारमा संक्रमण भएको पुष्टि गरेका हुन् । उनका अनुसार उनीसहित उनकी पत्नी लरेन हाशिआन र दुई छोरीहरू संक्रमित भएका छन् ।
उनले भिडिओमा भनेका छन्- ‘परिवार सबैमा काेराेना संक्रमण भएकाे पुष्टि भएपछि स्तब्ध भयाैँ । हामीले सामना गर्नुपर्ने सबैभन्दा चुनौतीपूर्ण र गाह्रो चीज मध्ये एक हो ।’
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








