चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु
२०७७ भदौ १८ गते

चितवन मेडिकल कलेज। फाइल
चितवन । चितवनमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर ११ निवासी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ ६ गते अस्पताल भर्ना भएकी उनमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारका क्रममा गएराती १२ः४० बजे मृत्यु भएको मेडिकल कलेजका प्रशासन प्रमुख प्रताप देवकोटाले जानकारी दिए । ती महिलाको मृत्यु भएसंगै चितवनमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित









