उपत्यकामा पुनः एक साता निषेधाज्ञा थप्ने निर्णय, थप केही सेवा भने सञ्चालन हुने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

स्रोतका अनुसार पहिलेको भन्दा केही थप सेवा सञ्चालनका लागि छुट दिइएको छ । थप सेवाहरुको बारेमा केहीवेरमा सूचना जारी हुने छ ।

अतिआवश्यक सेवाहरु भने पहिले देखि नै सञ्चालन भइरहेका छन् । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *