निःशुल्क खाना खुवाउने अभियानद्वारा डीएसपी गौतमलाई विदाई

विराटनगर । वडा प्रहरी कार्यालयका प्रमुख डीएसपी वेदप्रसाद गौतमलाई निःशुल्क खाना खुवाउने अभियानले विदाई गरेको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) निम्त्याएको कठिन परिस्थितिमा सडक पेटीमा निःशुल्क खाना खुवाउँदै आएका वोसिम आलमका टोलीले डीएसपी गौतमलाई विदाई गरेको हो ।

टोलीको विदाईले आफूलाई नतमस्क बनाएको बताएका डीएसपी गौतमले कठिन परिस्थितिमा युवाहरु एक जुट भएर भोकाएको पेट भर्नु अझै पनि मानवता जीवितै छ भन्ने सन्देश भएको समेत औंल्याए ।

“यस्तो कठिन परिस्थितिमा पनि हौसलाका साथ युवाहरु खटिरहेका छन्, उहाँहरुको कामले म धेरै प्रभावित भएको छु ।” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन् ।

यस्तै डीएसपी गौतमले आफूहरु जहाँ रहे पनि निःशुल्क खाना खुवाउने अभियानको काम र टिमवर्क प्रेरणाको श्रोत नै रहने बताए ।

यस्तै डीएसपी गौतमको १५ महिने कार्यकालमा आफ्नो क्षेत्रमा समुदायसँगको समन्वयमा शान्ति सुरक्षा राख्न सफल भएको युवा नेता वोसिम आलमले बताए ।

गौतमले विगतका दिनहरुदेखि नै निःशुल्क खाना खुवाउने अभियानको टोलीलाई आफैँ फिल्डमा आएर खाना बाँडेर साथ सहयोग र हौसला दिँदै आइरहेका समेत उनले बताए ।

उनले भने, ‘विगतको लामो समयको बन्दाबन्दीदेखि नै खाना खुवाउने निःशुल्क हाम्रो अभियानलाई एसपी विश्व अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख सन्तोष खड्कासँगै सुरक्षा निकायबाट साथ सहयोग मिलेको छ ।’

विदाई हुँदै गौतम। तस्वीरः सुजाता लिम्बू, मकालु खबर।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *