शेयर बजारमा उमङ्ग, ४ अर्ब बढीको कारोबार

काठमाडौँ । साताको पहिलो दिनदेखि नै उकालो शेयर बजारमा आज पनि उमङ्ग देखिएको छ । आज शेयर बजार २५.५८ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज १.७२ अंकले बजार बढ्दा नेप्से परिसूचक १५१०.५७ अंकमा पुगेको छ ।
आज १८६ कम्पनीका ९६ लाख ८६ हजार ९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड १० लाख ३६ हजार १ सय १५ रुपियाँको कारोबार भएको छ । आज जीवन र निर्जीवन बीमा समूह बाहेका अरु सबै समूहमा हरियाली छाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *