एसिड पीडित मुस्कानले भेटिन् प्रधानमन्त्री

काठमाडौं । एक वर्षअघि एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रम ओलीसँग भेट गरेकी हुन् ।

प्रम ओलीसँगकाे भेटमा मुस्कानले आफूमाथि एसिड छ्याप्नेहरुलाई उन्मुक्ति नदिन आग्रह गर्दै कारवाहीको माग समेत गरिन् ।

मुस्कानको साथमा बालुवाटार पुगेका सामाजिक अभियान्‍ता उज्‍जवल विक्रम थापा, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, कान्तिपुर टिभीका कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरी, महान्यायाधिवक्ता अग्नी खरेलले पनि दोषी उम्किन नदिन पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरे ।

उनीहरुले एसिड आक्रमणकारीलाई फाँसीको सजाय प्रावधान ल्याउन पनि माग गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले दोषी उम्किन नपाउने प्रतिबद्धता जाहेर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुस्कानमाथि गएको वर्षको भदौ १० गते विद्यालय जाने क्रममा एसिड प्रहार भएकाे थियाे । उनीमाथि एसिड हान्ने छप्कैयाका सम्साद मिया र मजिद आलम पक्राउ परेका थिए । अहिले उनीहरू धराैटीमा छुटेपछि मुस्कानले उन्मुक्ति नदिन प्रधानमन्त्रीसामु आग्रह गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =