निषेधाज्ञा : गृहको निर्देशन कुर्दै प्रशासन, के पुनः लम्बिन्छ ?

काठमाडौं । दुई हप्ता लामो निषेधाज्ञाको पूर्वनिर्धारित समय बुधबार (आज) सकिँदैछ ।

कोरोना महामारीबाट हुने कोभिड १९को उच्च जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाभित्र लगाइएको निषेधाज्ञाको निर्धारित समय आज रातिको १२ बजे सकिन लाग्दा जिल्ला प्रशासन कार्यालयले भने गृह मन्त्रालयको निर्देशन कुरिरहेको छ ।

“हामी गृहको निर्देशन कुरिरहेका छौं । गृहको निर्देशनअनुसार हामी अगाडि बढ्नेछौं ।” भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मकालु खबरसँग भनिन्, ‘हामी आवश्यक परेमा दिउँसोतिर बैठक पनि बस्न सक्छौं । तर, अहिलेलाई हामी गृहकै निर्देशन कुरिरहेका छौं ।’

उपत्यका संक्रमणको ‘हटस्पट’ बन्दै गर्दा गत ३ भदौदेखि साताव्यापी लगाइएको निषेधाज्ञा १० भदौबाट लम्ब्याउँदै आज (१७ भदौ)सम्म लगाइएको थियो ।

उपत्यकामा संक्रमणदर बढेको बढ्यै भएकाले निषेधाज्ञा पुनः लम्ब्याउन सकिने बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *