बैतडीबस दुर्घटनामा घाइतेको सङ्ख्या २० पुग्यो

काठमाडौं । बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्या २० जना पुगेको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस आज दिउँसो ३ः३० बजे बैतडीको पाटन नगरपालिका-८ गैराखानमा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सेनाले बताए ।

उनका अनुसार पाटन-६ का ३१ वर्षीय दीपक विक, नाम नखुलेका पाटन-८ का अन्दाजी ६० वर्षीय पुरुष र परिचय नखुलेकी अन्दाजी ५५ वर्षीया महिला गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेको टाउकोमा चोट लागेको उनले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमिल्सेनाले घाइतेमध्ये नौ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाउँदै दुई जनालाई धनगढी पठाइएको उल्लेख गरे । बाँकी नौ जनालाई उपचारका लागि डडेल्धुरातर्फ लगिएको उनले बताए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =