अध्यक्ष कडेलको नेतृत्वमा नमुना बन्दै विरेन्द्र आदर्श

चितवन । निजी विद्यालय सरहको पठन पाठन सुविधा सामुदायिक विद्यालयमा नै प्राप्त हुने भए पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको संख्या बढ्दै गएको छ । विगत केहि वर्षयता खस्कदो अवस्थामा रहेका सामुदायिक विद्यालयमा न्यून शुल्कमा निजि विद्यालय सरहको पठन पाठनको ब्यवस्था भएपछि यस तर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको हो ।

जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ७ विरेन्द्रनगरमा रहेको विरेन्द्र आदर्श माध्यामिक बिद्यालय बिद्यालय ब्यवस्थापन समितिको सक्रियताका कारण प्रदेशकै नमुना विद्यालय बनेको छ । कक्षा १२ सम्म सञ्चालन रहेको विद्यालयमा कम्प्युटर शिक्षादेखि संग्रहालयसम्मको व्यवस्थापन गरिएको छ ।विद्यार्थीलाई प्रयोगात्मक तरिकाबाट सिकाउँदै आएको विद्यालयले हरेक कुरालाई शैक्षिक सामग्रीको प्रयोगबाट सिकाउँदै आएको विद्यालयका अध्यक्ष घनश्याम कडेलले बताए । ‘विद्यालयलाई नमुना बनाउनका लागि हामीले गर्न सकिने सवै कुराहरू गरेका छौँ’, अध्यक्ष कडेलले भने, ‘अभिभावक, शिक्षक र पूर्व विद्यार्थीहरूको निरन्तरको सहयोगले मात्र यो सम्भव भएको हो ।’

बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र शिक्षाप्रेमीहरुको पहलमा अंग्रेजी माध्यममा पढाई सञ्चालन गर्दै आएको सो बिद्यालयमा हाल नेपाली र अंग्रेजी माध्यम गरी दुवै माध्यममा अध्ययन गर्ने बिद्यार्थीहरुको संख्या लगभग एक हजार रहेको अध्यक्ष कडेलले जानकारी दिए ।विद्यालयले शिक्षालाई व्यबस्थित र गुणस्तरीय बनाउदै लगेको र समयको माग अनुसार पुर्वाधार विकासका साथ साथै सुचना प्रविधियुक्त शिक्षण सिकाई क्रियाकलाप सञ्चालन हुदै आईरहेकाले विद्यार्थीको सख्यामा बृद्धि उनको बुझाइ छ । अंग्रेजी माध्यमबाट अध्यापन गर्ने शिक्षकहरु अनुभव प्राप्त गरेका तथा बिषय बिज्ञ रहेका कारण गुणस्तरीय शिक्षा दिन सफल भएको हो ।

बिद्यालयले बिद्यार्थीको अन्तरनिहित क्षमताको विकास गर्न नियमित रुपमा अतिरिक्त क्रियाकलाप सहितको शैक्षिक क्यालेण्डर अनुसार थप गतिविधीहरु सञ्चालन गर्दै आईरहेको छ । आगामी दिनमा यस बिद्यालयलाई सबै सँगको समन्वय र सहकार्यमा देशकै नमुना बिद्यालय बनाउने सोंच रहेको बिद्यालयका अध्यक्ष घनश्याम कडेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *