चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । भरतपुरमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये २८ जना चितवनका रहेको प्रयोगशालाक प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरमा १६ पुरुष र १० महिला गरि २६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको क्वारेन्टिन, भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

यस्तै रत्ननगर नगरपालिका–१० की २७ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । यस्तै क्वारेन्टिनमा रहेकी राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरि चितवन बाहिरका संक्रमण पुष्टि हुनेमा नवलपरासीका २ पुरुष र एक महिला गरी तीन जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरि धनुषा, रुपन्देही, सिरहा र बाराका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैले वीपी कोइराला मेमोरियल क्यान्सरबाट स्वाब दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *