उपत्यकामा निषेधाज्ञा लम्ब्याउने कि खुकुलो बनाउने ?

काठमाडौं । काठमाडौं उपत्यकामा मोडालिटी परिवर्तन गरी निषेधाज्ञा थप हुने भएको छ । गृह मन्त्रालयको सहमतिमा निषेधाज्ञा थप गर्ने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको तयारी छ ।

निषेधाज्ञाबारे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले मंगलबार छलफल गरेका थिए । छलफलमा निषेधाज्ञा थप्नुको विकल्प नभएको निष्कर्ष निकालिएको छ । निषेधाज्ञा थपबारे आज थप छलफल गरेर निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

अब निषेधाज्ञा केही खुकुलो बनाउनुपर्ने राय आएको छ । सो विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आज गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ । गृहमा हुने छलफलपछि निर्णय हुनेछ ।

उपत्यकामा ३ भदौदेखि निषेधाज्ञा लागू गरिएको हो । पछिल्लो पटक १० भदौमा थपिएको निषेधाज्ञाको समय आज मध्यरातिबाट सकिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *