चितवनमा अहिलेसम्म ७५५ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

चितवन । चितवनमा कोरोना भाइरसबाट अहिलेसम्म ७५५ जना संक्रमित भएका छन । भरतपुर अस्पतालले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाको सात पालिकामा मंगलबार सम्म कुल ७५५ जनामा संक्रमण देखिएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जिल्लाको भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै संक्रमित रहेको बताए । महानगरमा हाल सम्म ४५७ जनामा संक्रमित पुष्टि भएको छ ।

यो संख्या कुल संक्रमितको आधा भन्दा बढी हो । त्यस्तै रत्ननगर नगरपालिकामा १०२ जना, राप्ती नगरपालिकामा ८६ जना, माडी नगरपालिकामा ५० जना, खैरहनी नगरपालिकामा ४६ जना र कालिका नगरपालिकामा ११ जना संक्रमित भेटिएका छन ।

जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा ३ जनालाई कोरोना संक्रमण भएको छ । पछिल्लो समय चितवन कोरोनाको हट स्पट बन्दै गइरहेको छ ।

हालसम्म चितवनमा १५ हजार ५६९ स्वाब परीक्षण गरिएको छ । हाल चितवनमा सक्रिय संक्रमितको संख्या भने ५९२ जना रहेको भरतपुर अस्पतालका सूचना अधिकारी पौडेलले बताए । कोरोना संक्रमणबाट चितवनमा ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =