चितवनमा मकवानपुरका कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१५ का ५८ वर्षीय पुरुषको आज बिहान २ः५२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

ती पुरुषमा सोमबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

ती पुरुषलाई उपचारका लागि भदौं १४ गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो । यसअघि मकवानपुरका तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *