मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा प्रसाई नियुक्त

काठमाडौं । बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा राजेश प्रसाईलाई नियुक्त गरिएको छ । बागमती प्रदेश सरकारले प्रसाईलाई मदन भण्डारी प्रतिष्ठानको रजिष्टारमा नियुक्त गरेको हो ।

प्रसाईसँग अस्पताल प्रशासनको लामो अनुभव भएकाले प्रतिष्ठानमा ल्याइएको हो । प्रसाईले यसअघि गोल्छा आँखा अस्पताल, ओम अस्पताल, विराट आँखा अस्पताल, काकडभिट्टा आँखा अस्पताल, सन्जिवनी अस्पतालमा सेवा दिइसकेका छन् ।

पोखरा विश्वविद्यालय स्वास्थ्य सेवा व्यवस्थापन स्नातक तहको पहिलो व्याचका विद्यार्थी प्रसाई झापाका हुन् । उनले विभिन्न संस्थाहरुमा परामर्श सेवा पनि दिएका छन् । यस्तै प्रतिष्ठानको रेक्टरमा डा. सतिश देवलाई नियुक्त गरीएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *