चितवन: मृत्युपछि २ जनामा कोरोना पुष्टि, मृतकको संख्या ९ पुग्यो

चितवन । चितवनको भरतपुर अस्पतालमा सोमबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको उपचारका क्रममा पहिलेनै स्वाब लिइएको थियो भने थप दुई जना मृतकको मृत्युपछि स्वाब लिइएको हो ।

दुई जनाको सोमबार राती गरिएको स्वाब परिक्षणमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका-११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका-११ की १८ वर्षीया युवती र पूर्वीचितवनको खैरहनी नगरपालिका-१३ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । सोमबार मृत्यु भएका तीन जनासहित चितवनका मात्र मृत्यु हुनेको संख्या ९ पुगेको छ भने अन्य जिल्लाको गरि १६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *