बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. खड्का

काठमाडौं । बागमती प्रदेश सरकारले कर्णाली प्रदेशको सामाजिक विकाश मन्त्रालय अन्तरगत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा डा. रविन खड्कालाई नियुक्त गरेको छ ।

प्रदेश सरकारले सोमबार डा. खड्कालाई निर्देशकको जिम्मेवारी दिएको हो । डा. खड्कालाई निर्देशकको जिम्मेवारी दिएपछि उक्त स्थानमा रहेकी डा. रिता जोशी भण्डारीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

डा खड्का सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष समेत हुन् । डा. खड्का यसअघि भरतपुर अस्पताल र कर्णाली प्रादेशिक अस्पतालका निर्देशक समेत भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *