चितवनमा थप ३५ जनामा कोरोना संक्रमण

चितवन । चितवन र काठमाडौमा सोमबार गरिएको परीक्षणमा जिल्लाका ३५ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १५ जनासहित २० जनामा संक्रमण पुष्टि भएको हो ।

यता रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २० जना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले बताए । भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरका ६ जना पुरुष र ५ जना महिला गरि ११ जना तथा काठमाडौमा गरिएको परीक्षणमा ५ जना पुरुष र १५ जना महिलामा संक्रमण पुष्टि भएको पौडेलले बताए ।

भरतपुरमा गरिएको परीक्षणमा रत्ननगरका १ जना पुरुष, राप्तिका २ महिला र १ जना पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन । जिल्ला बाहिरका ५ जना कोरोना पुष्टि भएको छ । बाहिरी जिल्लाका संक्रमण देखिएकाहरुको स्वाब क्यान्सर अस्पताल भरतपुरबाट लिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *