सिरहाका ६५ वर्षिय पुरुषको कोरोनाबाट वीपी प्रतिष्ठानमा मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अर्का कोरोना संक्रमितको निधन भएको छ । प्रतिष्ठानमा आज सिराहा मिर्चैया ६ का ६५ वर्षिय पुरुषको निधन भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार उनलाई १० दिन देखि ज्वरो, खोकी, स्वास फेर्न कठिन तथा अत्याधिक टाउको दुख्ने समस्या देखिएको थियो । विराट मेडिकल कलेज बिराटनगरबाट रेफर गरीएका उनी प्रतिष्ठानमा भदौ ९ गते आइ पुगेका थिए । शरीरका महत्वपूर्ण अंगहरु काम नगर्ने अवस्थामा आइपुगेका उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो ।

मधुमेह उच्च रक्तचाप समेतका रोगी उनलाई कोरोना पोजेटिभ भएको भदौ ९ गते नै पुष्टि भएको र भोली पल्ट कोभिड अस्पतालमा भर्ना गरीएको थियो ।

उनको आज साँझ ८ः४५ बजे निधन भएको तथा शवको नियमानुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ । यो सँगै प्रतिष्ठानमा कोरोनाको उपचारको क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =