कम्युनिष्ट भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीलाई विचार र विधिको वैज्ञानिक संयोजनको रुपमा अर्थ्याएका हुन् ।

पार्टी विचारले मात्रै र विधिले मात्रै पनि नबन्ने बताएका अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी विचार र विधिको वैज्ञानिक संयोजक भएको बताएका हुन् ।

“पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो ।” अध्यक्ष प्रचण्डले आफ्नो प्रमाणित तथा आधिकारिक फेसबूकमा उल्लेख गरेका छन् ।

गत १० श्रावणदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीको राजीनामा मागेका थिए ।

त्यसपछि लामो समय लम्बिएको नेकपा आन्तरिक विवाद ६ सदस्यीय नेकपा कार्यदलले तयार पारेको सुझावसहितको प्रतिवेदनमा आएर मिलेकोजस्तो देखिएको छ ।

त्यसपछि प्रधानमन्त्री ओलीले भर्खरै मात्रै एक टेलिभिजनसँगको अन्तरवार्तामा आफूलाई प्रचण्डबाट असहयोग नभएको बताएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *