सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले घट्यो, कारोबार २० प्रतिशत मात्रै

काठमाडौं । कोरोनाको कारण सबै क्षेत्रमा असर परेको छ । नेपालमा पनि कोरोनाको कारणले कही ठाउँमा लकडाउन, कहीमा सटडाउन तथा केही ठाउँहरुमा निषेधाज्ञा जारी छ । कोरोनाको कारण व्यापार र उद्योग पनि बन्द भएको करिब ६ महिना पूरा भएको छ ।

कोरोनाको कारण वस्तु उत्पादन बन्द जस्तै छ । कोरोना नफैलियोस् भनेर सरकारले सबैजस्तो क्षेत्र बन्दजस्तै गरेको छ ।
बजारमा सिमेन्टको बजारम माग कम भएको समयमा सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँ घटेको छ । बजारमा सिमेन्टको माग पनि घटेर २० प्रतिशतमा झरेको छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले प्रतिबोरा २० देखि ३० रुपैयाँ ओपीसी र पीपीसी सिमेन्टको मूल्य घटेको बताए । बजारमा निर्माणको कार्य नभएकोले बजारमा सिमेन्टको माग पनि ८० प्रतिशतले घटेर २० प्रतिशत मात्रै रहेका बताए ।

मुलुकमा सञ्चालित सिमेन्ट उद्योगहरु एकदिन बन्द हुँदा नेपालको अर्थतन्त्रमा ६० करोड रुपैयाँ नोक्सान हुने गरेको छ । सरकारले गरेको लकडाउनदेखि नै सिमेन्ट उद्योग बन्द जस्तै छन् ।

सिमेन्ट उत्पादक सघंका अनुसार लकडाउनको करण वैशाखमा चुनढुङ्गा खानी सञ्चालन गर्न नसकेको कारण सिमेन्ट उत्पादन हुने अवस्था पनि नभएको र बजारमा माग पनि कमी भएको छ । उद्योगहरुले पहिले नै उत्पादन गरेको सिमेन्ट बिक्री गरिरहेका छन् । भने पहिले नै चुनढुङ्गा ल्याएर राखेका उद्योगहरुले थोरै मात्रामा सिमेन्ट उत्पादन गरिरहेका छन् ।

थापाले दशैंअघि सिमेन्टको माग खासै नबढ्ने बताए । कोरोनाको कारण घर निर्माण कार्य गर्न पनि मनिसको आयस्रोत घटेको छ ।
नेपालमा वार्षिक करिब १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सिमेन्टको बजार छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लकडाउनको कारणले दैनिक सिमेन्ट उद्योगहरुले ६० करोड घाटा भहिरहेको बताए ।

नेपालमा ६१ ओटा सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमध्ये क्लिङ्कर उद्योग २१ ओटा छन् । ग्राइन्डिङ उद्योग ४० ओटा छन् ।
उद्योग विभागमा १ सय ३० वटा सिमेन्ट उद्योग दर्ता छन् । तर ६१ वटा उद्योग मात्रै संचालनमा छन् । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले सो सिमेन्ट उद्योग बन्द छ ।

विसं २०३२ सालमा हेटौंडा सिमेन्ट र विसं २०४४ सालमा उदयपुर सिमेन्ट उद्योग स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेका हुन् ।नेपालमा स्वदेशी र विदेशी गरि ४ सय अर्ब रूपैयाँ सिमेन्ट उद्योगमा लगानी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *